Menu

आजको मौसम

वीरगंजको भिस्वा डाँडामा सरसफाइ

Author
News Desk | Sunday, June 14, 2026
0
Featured

वीरगंज । वीरगञ्ज महानगरपालिका–४ भगवतीटोलस्थित बिकन स्कुलका विद्यार्थीहरूले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् । स्कुलमा अध्ययनरत विद्यार्थीहरूको समूह बिकन सोसल वेलफेयर युनिट को आयोजनामा वीरगञ्ज–१५ स्थित भिस्वा डाँडा परिसरमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

समाजसेवी तथा स्कुलका सञ्चालक प्रकाश उपाध्याय को नेतृत्वमा सम्पन्न कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपाल का संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, सचिव अविनाश झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव तथा समाजसेवी श्रवणबहादुर रायमाझी, स्कुलका लेखापाल तथा प्रशिक्षक सुभाष सिंह, कार्यक्रम संयोजक शिक्षक रोहित शर्मा, बिकन सोसल वेलफेयर युनिटका संयोजक सौरभ गिरि लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले भिस्वा डाँडा परिसरमा रहेको फोहोर संकलन गरी वातावरण सफा बनाउनुका साथै स्थानीय बासिन्दालाई सरसफाइको महत्वबारे जानकारी दिएका थिए । सरसफाइ अभियानसँगै वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा सार्वजनिक स्थलहरूलाई स्वच्छ राख्ने विषयमा जनचेतनामूलक सन्देशसमेत प्रवाह गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?