Menu

आजको मौसम

पर्साको जगरनाथपुरबाट १०० किलो गाँजा बरामद

Author
News Desk | Sunday, June 14, 2026
0
Featured

वीरगंज । पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ ।

जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।

खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उक्त गाँजा कसको हो भन्ने खुलेको छैन । सम्बन्धित व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी बस्नेतले बताउनु भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?