Menu

आजको मौसम

सुनको भाउ आज कति ?

Author
News Desk | Sunday, June 14, 2026
0
Featured

दुई दिनमा १५ हजार २ सय रुपैयाँ घटेर गएको शुक्रबार तोलामा ५ हजार ३ सय बढेको सुनको भाउ आज थप बढेको छ।

तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउ आज २ लाख ९३ हजार दुईसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ थियो।

यसअघि गएको बुधबार सुनको भाउ तोलामा १० हजार १ सय र बिहीबार ५ हजार १ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ आज तोलाको ५५ रुपैयाँ बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ।

दुई दिनसम्म लगातार घटेको चाँदीको भाउ शुक्रबार तोलामा १९० रुपैयाँ बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको थियो।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?