Menu

आजको मौसम

३२ किलोभन्दा बढी गाँजासहित चालक पक्राउ

Author
News Desk | Tuesday, May 19, 2026
0
Featured

वीरगंज, ४ जेष्ठ ।

भारत, रक्सौलस्थित सशस्त्र सीमा बल (एसएसबी) को ४७औं बाहिनीले नेपालबाट भारततर्फ जाँदै गरेको एक कारबाट ३२.४५० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ ।

सूचनाका आधारमा सीमा स्तम्भ नम्बर ३०९–३३ नजिक रहेको मैत्री पुल चेकपोस्टमा सवारी जाँच अभियान सञ्चालनको क्रममा आइतवार नेपालबाट भारत प्रवेश गर्दै गरेको बीआर ०६ पीडी ५४७० नम्बरको कारभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ३२.४५० किलोग्राम गाँजा बरामद भएको बताइएको छ।

कार चालक भारत, बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला, कल्याणपुर थाना क्षेत्रको बदहरवा महानन्द गाउँँ निवासी मन्टु कुमारलाई पक्राउ गरि कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया प्रहरी चौकीलाई बुझाइएको जनाइएको छ।

एसएसबीले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी, अवैध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि निरन्तर निगरानी र विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?