Menu

आजको मौसम

सबै कुरा भत्काउँदै जाने हो भने सिंहदरबार, प्रधानमन्त्री पद पनि भत्काऔं : सांसद अमरेश सिंह

Author
News Desk | Tuesday, May 19, 2026
0
Featured

प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले पुराना कुरा भत्काउने नाममा सबै परम्परा भत्काएको भन्दै असन्तुष्टि जनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद रहेका सिंहले प्रिबजेट छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित नभएको भन्दै आपत्ति जनाए।

‘२० वर्षे कार्यकालमा पहिलोपटक नयाँ देख्दैछु, अर्थमन्त्री पनि नभइकन बजेटको प्रथामिकतामाथि छलफल भइरहेको छ। यो कस्तो परम्पराको सुरूआत हुँदैछरु नयाँको नाममा सबै कुरा भत्काउने होइन। त्यसो भए सिंहदरबार पनि भत्काऔं, प्रधानमन्त्री पद पनि भत्काऔं, मन्त्री पनि भत्काऔं, सबै चिज परिवर्तन गरौं न,’ उनले भने।

संसदीय परम्परा नुसार सबै सांसदको भूमिका बराबर हुने र प्रश्न सरकारलाई सोधिने सांसद सिंहले बताए।

उनले सबैकुरा औचित्यपूर्ण हुनुपर्ने धारणा राखे।

‘अर्थमन्त्रीले बजेट बनाउने होइन, टिमले बनाउने हो, उहाँले नीतिगत गाइड गर्ने हो,’ उनले भने।

मधेस विस्फोटको संघारमा रहेको पनि उनले बताए।

‘मधेसका लागि बजेटमा केही पनि छैन। राणाकालदेखि सुरू भएको हुलाकी राजमार्गबारे एक शब्द उल्लेख छैन। सबैभन्दा बढी भोट मधेसले दिएर पठाएको छ। मधेस विस्फोट हुने स्थितिमा छ, विस्फोट हुनुभन्दा पहिला उपचार गरौं। किनभने न उसको सत्तामा अनुहार छ, न नियुक्तिमा अनुहार देखिन्छ,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?