
वीरगंज, ४ जेठ । बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले वीरगंज महानगरपालिका वडा नं. ११ निवासी ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ठाकुरलाई जेठ ३ गते साँझ अन्दाजी १७ः०० बजे वीरगंज–११ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
पक्राउ परेका ठाकुरलाई सम्मानित पर्सा जिल्ला अदालतले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै १ महिना कैद र रु ९ लाख २६ हजार जरिवाना गर्ने अदालतको फैसलापछि फरार सूचीमा रहेका ठाकुरलाई प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्मानित पर्सा जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।