Menu

आजको मौसम

वीरगंज नाकाबाट १ खर्ब ८१ अर्बको पेट्रोलियम आयात

Author
News Desk | Friday, May 29, 2026
0
Featured

वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा करिब रू १ खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरका पेट्रोलियम पदार्थ आयात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३५ प्रतिशत अर्थात् रू २५ अर्ब ५३ करोडले वृद्धि भएको हो । गत वर्षको १० महिनामा यस नाकाबाट रू १ खर्ब ५६ अर्ब १७ करोड बराबरको पेट्रोलियम आयात भएको थियो । वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्र रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।

आयात विवरणअनुसार चालु आवको १० महिनामा रू १ खर्ब ५७ करोड बराबरको करिब ८ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा करिब ९ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो ।

त्यस्तै, रू ३५ अर्ब ७९ करोड बराबरको ३ लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत वर्ष सोही अवधिमा रू ३१ अर्ब ७१ करोड बराबरको ३ लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो । एलपी ग्यासतर्फ चालु आवमा रू २५ अर्ब ५४ करोड बराबरको २४ करोड २७ लाख किलोभन्दा बढी ग्यास आयात भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?