
वीरगंज ४ जेठ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–४ तुलसीबर्वास्थित ओरिया खोलाको किनारमा खेतबाट लुकाइछिपाइ राखिएको अवस्थामा ८७ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भिस्वाबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालको कमान्डमा खटिएको गस्ती टोलीले आइतवार राति करिब १० बजे सर्च अभियान सञ्चालनको क्रममा खेतमा गहुँको भुसले छोपी राखिएको अवस्थामा गाँजा बरामद गरेको थियो।
बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।