Menu

आजको मौसम

बारामा तेस्रोलिङ्गी समूहद्वारा नग्न प्रदर्शन, तीन जना नियन्त्रणमा

Author
News Desk | Tuesday, May 19, 2026
0
Featured

बारा, ४ जेठ । जिल्ला प्रहरी कार्यालय, बारा अगाडि प्रदर्शन गर्ने तीन जना तेस्रोलिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महमद सरिफ मियाँँ भाँडको जाहेरीले अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा एक जना प्रतिवादी खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई प्रहरीले न्यायिक हिरासतमा राखेपछि सोको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । उक्त व्यक्तिलाई छोड्नुपर्ने मागसहित बिहान प्रहरी कार्यालय अगाडि तेस्रोलिङ्गी समूहले सडक अवरोध गर्दै नाङ्गै प्रदर्शन गरेका थिए ।
बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रदर्शनकारीहरूले सडक अवरूद्ध गर्नुकासाथै हिँडडुल गर्ने सर्वसाधारण तथा सवारी साधनलाई समेत अवरोध पु¥याउँदै हो–हल्ला गरेका थिए। प्रहरी टोलीले सम्झाउने प्रयास गर्दा उल्टै प्रहरीमाथि गालीगलौज, अपशब्द प्रयोग तथा हातपात गर्ने प्रयास भएको उनले जानकारी दिए ।
शान्ति सुरक्षामा खलल पुगेपछि प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमाण्डमा खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूमा रौतहट रेवाही गोनाही गाउँँपालिका–५ की २६ वर्षीया दिव्या रानी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ की २५ वर्षीया निशा भारती र ५७ वर्षीया निशा देवी रहेका छन।
उक्त घटनावारे थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिएका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?