Menu

आजको मौसम

विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ

Author
News Desk | Tuesday, May 19, 2026
0
Featured

कलैया, ४ जेठ । विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहँदै आएका ९ जना प्रतिवादीहरूलाई बारा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत बाराबाट दण्ड सजाय तोकिएका तर वारदात पश्चात फरार रहेका उनीहरूलाई प्रहरी टोलीले खोजतलास गरी जेठ ४ गते पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि सम्मानित बारा जिल्ला अदालत समक्ष दाखिल गरिएको जिप्रका, बाराले जनाएको छ।

पक्राउ पर्ने प्रतिवादीहरूमा जलिल देवान (कोल्हवी गा.पा. वडा नं. ८, ईटहर टोल) – बैंकिङ कसूर मुद्दा (जरिवाना रू. २,५०,०००।–), चेक अनादर मुद्दा (जरिवाना रू. २,०००र–) र अर्काे चेक अनादर मुद्दा (जरिवाना रू. १,०००।–) ।

सुरेश दास (सिम्रौनगढ नगरपालिका वडा नं. १०, देवापुरटेटा) बिगो लेनदेन मुद्दा, आनन्द तिवारी (कलैया उ.म.न.पा. वडा नं. ७) चेक अनादर मुद्दा (जरिवाना रू. ५,५००।–) ।

मुस्तुफा मन्सुर (कलैया उ.म.न.पा. वडा नं. ३, भवानीपुर टोल) – चेक अनादर मुद्दा (जरिवाना रू. ४,५००।–) ।

रामईश्वर यादब (सुवर्ण गाउँँपालिका वडा नं. ४, हर्दिया टोल) – ज.ज.क. उद्योग मुद्दा (३ वर्ष ६ महिना कैद र रू. ५०,०००।– जरिवाना)

श्रीप्रसाद सहनी (पचरौता नगरपालिका वडा नं. ३, रामनगर) – बैंकिङ कसूर मुद्दा (५ दिन कैद र रू. ६,७०,०००।– जरिवाना)

ईसरायल मियाँ (जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९) – अभद्र व्यवहार (चालु मुद्दा) रहेको जिप्रका, बाराले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाका विभिन्न प्रहरी इकाईहरू (प्रहरी चौकी गण्डकवानीपुर, इप्रका सिम्रौनगढ, अ.प्र.पो. बसपार्क, अ.प्र.पो. गंगापुर, अ.प्र.पो. चहुरमोहना, प्रहरी चौकी श्रीनगर बैरिया, र ई.प्र.का. सिमरा) बाट खटिएका टोलीहरूले उनीहरूलाई नियन्त्रणमा लिएका हुन।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. विजयराज पण्डितले अदालतको फैसला कार्यान्वयन र समाजमा कानुनी राज्यको सुदृढीकरणका लागि फरार अपराधीहरूको खोजी कार्यलाई तीव्रता दिइएको बताउनुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?