Menu

आजको मौसम

वीरगंजमा मंगलवार बिहानसम्म कफर्यु जारी

Author
News Desk | Tuesday, September 09, 2025
0
Featured

वीरगंज, २३ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारीले मंगलवार बिहान ९ बजेसम्मको लागि कफर्यु आदेश जारी गरेका छन् । सोमवार बेलुकी ९ः०० बजेदेखि २०८२।०५।२४ गते मंगलवार विहान ९ः०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्र भित्रका तपसिल बमोजिमका स्थानहरूमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफर्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जनाएका छन् ।
पूर्व बाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चौक र दक्षिण शंकराचार्य गेटसम्म मंगलवार बिहानसम्म कफर्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले आज साँझ सूचना जारी गरी जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?