Menu

आजको मौसम

वैष्णवी मन्दिर चौक परिसरमा वृक्षारोपण कार्यक्रम

Author
News Desk | Saturday, September 06, 2025
0
Featured

वीरगंज, २१ भदौ । २२औं निजामती सेवा दिवस २०८२ को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदी, विशिष्ट अतिथिमा मधेश प्रदेश कार्यालयका एसएसपी शान्ति राज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र, सशस्त्र प्रहरी पर्साका एसपी पुरनचन्द्र भट्ट, लगायतको उपस्थिति रहेको थियो।
केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले करिब ६० वटा विभिन्न प्रजातिका बिरूवा रोपिनुका साथै तिनको दीर्घकालीन संरक्षणका लागि प्रोटेक्टिभ गार्डसमेत जडान गरिएको बताए । वीरगंज महानगरपालिका–१६ स्थित वाईपास रोड, वैष्णवी मन्दिर चौक परिसरमा वृक्षारोपण कार्यक्रम सामाजिक दायित्व र वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थियो । प्रकाश ऐरी, सुशील कादमियाँँ, राकेश अग्रवाल, कैलाश बजाज, त्रिलोकचन्द्र दारूका, शिव गुप्ता, वसन्त प्रसाद उपाध्याय, प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी सहायक हवल्दार अजिता घिमीरे र प्रहरी जवान अमर सिंह साउदलगायतले वृक्षारोपण गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?