Menu

आजको मौसम

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको ध्यानाकर्षण

Author
News Desk | Monday, September 08, 2025
0
Featured

वीरगंज, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आज राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तको नेतृत्वमा गएको एक टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी सुवेदीले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्रको बिषयमा आजै प्रधानमन्त्रीको कार्यालयलाई जानकारी गराउने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको नीतिलाई गम्भीररूपमा लिएको र यसले आमजनताको सूचनाको मौलिक अधिकारको समेत उल्लंघन गरेको रास्वपा पर्साका सभापति हरि पन्तले बताए । सभापति पन्तले सामाजिक सञ्जालहरूको नियमन तथा ब्यवस्थापनका अन्य उपायहरू अबलम्बन नै नगरी सिधै सामाजिक सञ्जालहरू निरंकुश शैलीमा बन्द गर्ने सरकारको निर्णयले ब्यवसायी, विद्यार्थी देखि लिएर सम्पुर्ण नेपालीहरूको नागरिक अधिकार कुन्ठित भएको भएको बताए । ज्ञापनपत्र बुझाउने टोलीमा रास्वपा पर्साका सचिव सुदिस प्रजापति, सहसचिव कृष्ण पासवान, क्षेत्रीय सभापतिहरू राम आर्या , फैयाज मियाँ नगर सभापतिहरू माधब बस्नेत र चन्दन गुप्तालगायतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?