Menu

आजको मौसम

वीरगंज युवा समाजद्वारा आयोजित कार्यक्रममा १०३ जनाले गरे रक्तदान

Author
News Desk | Sunday, September 07, 2025
0
Featured

वीरगंज, २१ भदौ । वीरगंज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ महिला सहित १०३ जनाले रक्तदान गरेका छन् । काजल कोईराला, मिरा सिंह, रोजि प्रधान, स्वस्तिका श्रेष्ठ, मन्जु भण्डारी, प्रीती गुरूङ, मन्जु गुरूङ, सन्दिपा श्रेष्ठ, दिपिका चापागाई, श्रीजल चौधरी, रन्जना कार्की, सिद्धिका कार्की, सलिमा रोक्का, सन्जिव थापा, राजेन्द्र भट्टराई, सन्दिप साह, राम कुमार बस्नेत, विवेक बेरिवाल, बिनोद धिमाल, सत्यम खडगी, आकाश पटेल, आकिब अलि, सोम परियार, नाजिर हुसेन, सम्यम प्रधान लगायतले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले वीरगंजमा रगतको कमी भएको समयमा रक्तदान कार्यक्रमको आयोजना गरेकोमा वीरगंज युवा समाजको प्रसंशा गरेका थिए । उनले रक्त दिनेलाई घाटा हुँदैन र लिनेलाई फाईदा हुने भएकोले सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरी कसैको जीवन जोगाएर मानवता बलियो बनाउन आग्रह गरेका थिए । प्रहरी उपरीक्षक गौतम मिश्राले रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएकोले वीरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरूमा उपचाररत बिरामिहरूको उपचारमा निकै समस्या आइरहेको खबर प्राप्त भएको विषम समयमा रक्तदान गर्न वीरगंज युवा समाजले गरेका सुकार्यको प्रशंसा गरे । होटल मकालुको सभाहलमा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्ट, बरिष्ठ चिकित्सक श्यामसुन्दर दास, वरिष्ठ दन्तरोग विशेषज्ञ डा. मनोज उपाध्याय, समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, पर्सा ट्राफिक प्रमुख लोकराज भट्ट, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, वीरगंज जेसिजका पुर्व अध्यक्ष सन्तोष खनाल, रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, अभिभावक संघ पर्साका अध्यक्ष संदिप साह, समाजसेवी राजेन्द्र भट्टराई, बिरशमशेर कुर्मी, राजन श्रीवास्तव, पत्रकारहरू बाईपास दैनिकका संचालक धिरज दारूका, उज्ज्वल शर्मा, जगत राई, समाजका उपाध्यक्ष सुभद्रा राणा, सदस्यहरू अस्मिता थापा, काजल कोइराला, रोजि प्रधान, मन्जु भण्डारी, पुर्ण बहादुर गुरूङ, सुशील श्रेष्ठ, बिनोद धिमाल, सृष्टि बिस्ट, सुदेश लाखे, बिक्रान्त खनाल, विवेक बेरिवाल, श्याम गुप्ता, सुमन पौडेल, कमलेश सराफ, मनोज गुप्ता, जगत गुप्ता, मन्टु सिंह, ओम रौनियार, सुशील सिंह, सैयाद अंसारी, लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत एवं सहजीकरण लालबाबु सिंह गरेका थिए भने रक्तसञ्चार केन्द्रका प्राबिधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा रहेको टोलीले रक्तदानमा सघाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?