Menu

आजको मौसम

सहीद यादवको स्मृति दिवसको अवसरमा दीप प्रज्वलन

Author
News Desk | Monday, September 01, 2025
0
Featured

वीरगंज, १५ भदौ । स्वराज आन्दोलनका प्रथम सहीद राममनोहर यादवको ८औं स्मृति दिवसको अवसरमा पर्साको विभिन्न ठाउँमा जनमत पार्टी पर्साद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको घन्टाघरमा जनमतका जिल्ला अध्यक्ष ओमप्रकाश सराफको अगुवाइमा दिप प्रज्जवल गरिएको छ । कार्यक्रममा केन्द्रिय सदस्यहरू रम्भा मिश्रा, श्याम शंकर चौरसिया, राहुल रौनियार, नजमा खातुन, प्रदेश सदस्य राज नरायन मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, सचीव लोकेश कर्ण, नेताहरू डा। मनोज सराफ, अन्जना गुप्ता, नितम गिरि, शशी देव यादव, संजय सराफ लगायतको उपस्थित रहेको थियो । साथै पर्साको ग्रामीण पालिकामा पनि पार्टीले विभिन्न चौकमा मैनबती बाली श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको र देश भरि कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष सराफले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?