Menu

आजको मौसम

हैजा नियन्त्रण गर्न गृहमन्त्री वीरगंजमा

Author
News Desk | Sunday, August 31, 2025
0
Featured

वीरगंज, १५ भदौ । गृहमन्त्री रमेश लेखकले हैजा नियन्त्रणको लागि यथासम्भव प्रयास गर्ने बताएका छन् ।
शनिवार राति नारायणी अस्पतालको निरीक्षण पछि सरोकारवालाहरुसँगको नारायणी अस्पतालको सभाकक्षमा भएको छलफल कार्यक्रममा गृहमन्त्री लेखकले केन्द्रीय सुरक्षा समितिमा र मन्त्रिपरिषदबाट हैजा नियन्त्रणको लागि आवश्यकता भएको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, चिकित्सक र स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय भएको बताए । कार्यक्रममा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कानूनमन्त्री अजय चौरसिया, खानेपानीमन्त्री प्रदीप यादव, मधेस प्रदेशका भूमि कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्री, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?