Menu

आजको मौसम

१४ लाख हुन्डी रकमसहित दुईजना पक्राउ

Author
News Desk | Saturday, August 23, 2025
0
Featured

वीरगंज, ६ भदौ । पर्सा प्रहरीले सूचनाको आधारमा वीरगंज महानगरपालिका–२ घुसुकपुर इदगाह चोक सडकखण्डबाट श्रोत नखुलेको करिब रु. १४ लाख १३ हजार ५०० हुण्डी रकमसहित दुर्ई जनालाई पक्राउ गरेको छ ।
भदौ ५ गते साँझ करिब १६ः२० बजेको समयमा भारतीय नम्बर प्लेटको मोटरसाइकल BR05 AB 7761 र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकल खानतलासी गर्दा पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ घुसुकपुर निवासी ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई–४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
उनीहरूले प्रयोग गरेको मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइ राखिएको अवस्थामा नेपाली रुपियाँँ १००० दरका नोट १० लाख र ५०० दरका नोट ४ लाख १३ हजार ५०० फेला परेको प्रहरीले जनाएको छ । जम्मा १४ लाख १३ हजार ५०० रुपियाँँ हुण्डी रकम बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोवार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?