Menu

आजको मौसम

बाराको महागढीमाई नपामा बृहत रक्तदान कार्यक्रम

Author
News Desk | Saturday, August 23, 2025
0
Featured

वीरगंज, ६ भदौ । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ओम शान्ति आश्रम बरियारपुर बारा तथा महागढीमाई नगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३३ जनाले रक्तदान गरेको महागढीमाई नगरपालिकाका सूचना अधिकारी इन्जिनियर कृष्ण सर्राफले जानकारी दिनुभएको छ ।
कार्यक्रममा महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादव, उपप्रमुख तारादेवी कानु, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रहरी उपरीक्षकद्वय सन्तोष तामाङ, खुमबहादुर केसी, अनुसन्धानका उपनिर्देशक सरोज निरौला लगायतको सहभागीता थियो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले विश्व बन्धुत्व दिवस राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथिको अवसरमा विश्वकै सबैभन्दा विशाल रक्तदान शिविर कार्यक्रम अन्तर्गत आज बाराको महागढीमाई नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा १५० जना लक्ष्य गरिए पनि १३३ जनाले रक्तदान गरेको सूचना अधिकारी सर्राफले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?