Menu

आजको मौसम

उपकार सेवा नेपालद्वारा ह्वीलचेयर सहयोग

Author
News Desk | Saturday, August 30, 2025
0
Featured

वीरगंज । भारतको बिहार राज्य, पश्चिमी चम्पारण जिल्ला लौरियामा जन्मिएका ३७ वर्षीय आनन्द सिंह विगत १२ वर्षदेखि पूर्ण रूपमा शारीरिक अपाङ्गता बोकेर ओछ्यानमै बस्न बाध्य छन। डकर्मी मिस्रीको काम गर्दै घरमा पलास्टर गर्ने क्रममा लडेपछि उनको स्पाइनकोर्डमा गम्भीर चोट लागी हिँडडुल गर्न नसक्ने अवस्था भएको हो। घरमा एक छोरा र एक छोरी रहेका सिंहको परिवार श्रीमतीले अरूको घरमा चुल्हा–चौकाको काम गरेर कष्टपूर्वक गुजारा गर्दै आएको छ। उक्त अवस्थावारे अवगत पाएपछि उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले शुक्रवार वीरगंज–७, रेशमकोठीस्थित सिंहको निवासमै पुगेर एकवटा ह्वीलचेयर हस्तान्तरण गर्नुभयो। सो अवसरमा संस्थाका सदस्य सुमन बगेडिया, अङ्कुर शर्मा, समाजसेवी प्रकाश थारू, श्रवण रायमाझी, स्थानीय रितेश गुप्ता, कुन्दन पुडासैनी, अमर सरार्पलगायत व्यक्तिहरूको उपस्थिति थियो। यसअघि पनि उपकार सेवा नेपालले विभिन्न दुर्गम गाउँँ–ठाउँमा पुगेर असहाय तथा निसहाय व्यक्तिहरूलाई आवश्यकताअनुसार सहयोग गर्दै आएको अध्यक्ष सरावगीले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?