
भदौं, ७ वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा दर्जनौं व्यक्तिहरु जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन् ।जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजिएक एक कार्यक्रमका बिच बहुदरमाई नगरपालिका निवासी राम विजय यादवको नेतृत्वमा दर्जनौं व्यक्तिहरु अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका हुन् ।
जसपाका उपमहासचिव तथा सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र जसपा पर्साका जिल्ला अध्यक्ष तथा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साहले नव प्रवेशीहरूलाई गम्छा ओढाएर पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश गराउँदै मन्त्री यादवले जनताको सुख–दुःखमा सदैव साथ दिने पार्टी जसपा नै भएकाले पछिल्लो समय विभिन्न दल परित्याग गरी जसपामा प्रवेश गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको बताए । मेयर सिंगासान साहले जुन सुकै समस्या आईपर्दा पनि आफूहरु हातोमालो गर्दै अगाडी बढ्ने बताए ।
उक्त कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष सिंहासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपाका नेताहरू मुकेश द्धिवेदी, विपिन यादव,मस्त किम अन्सारी लगायताको सहभागिता थियो ।