Menu

आजको मौसम

वीरगंज कपडा बैंकको सातौ स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

Author
News Desk | Sunday, August 24, 2025
0
Featured

वीरगंज, ७ भदौ । वीरगंज कपडा बैंकले सातौं स्थापना दिवसको अवसरमा शनिवार साँझ दिप प्रज्वलन गरेको छ । वीरगंज–८ स्थित कपडा बैंकको कार्यालय स्थापना गरेको छैठौ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा दिप प्रज्वलन गरि बधाई शुभकामना साटासाट गरेको हो । वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षता एवं बैंकका वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नलाल गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजसेवी डा. शिव कुमार, बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझी, सदस्य निला कुमारी राम, संजय मण्डल, निरन्जन मिश्र, विशाल ठाकुर, धनिलाल प्रसाद, दिलिप चौरसिया लगायतको सहभागीता रहेको सचिव कन्हैया पटेलले बताउनु भयो । प्रमुख अतिथि अधिवक्ता गुप्ताले तपाईसँग धेरै छ भने हामीलाइ दिनुस र तपाई लाई जरूरी छ भने हामीसंग निशुल्क लिएर जानुसको मुलमन्त्रलाइ आत्मसात गरि बैंकले कार्यालय स्थापना गरि बिगत ६ वर्ष देखि निरन्तर दिनदुखी असहायलाई नया, पुरानो कपडाको माध्यमले सहयोग गरेको बताउनुभयो । आगलागी, बाढी जस्तो आपत बिपत परेको खण्डमा लत्ताकपडाको साथै सक्दो खाद्यान्न एवं नगद सहयोग गर्दै पनि उहांले बताउनुभयो । मानवको सर्बाेत्तम धर्म हो भन्दै सम्पूर्णलाइ मानवता बलियो बनाउन आग्रह गर्दै दाताहरू, शुभेच्छुकहरूप्रती आभार ब्यक्त गर्नुभएको थियो । समाजसेवी डा. शिव कुमारले हामी सबैको साझा प्रयासले नै दिनदुखी असहायको समुचित सेवा सहयोग हुने भएकोले दिन दुखी असहाय बिपन्नको बैंकले गरेको सेवा सहयोगको खुलेर प्रसंशा गर्दै बैंकको सुकार्यमा सबैले साथ दिनुपर्नेमा जोड दिदै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष सिंहले दिनदुखी असहायको सेवा सहयोगमा वीरगंज कपडा बैंकको अभियानमा नयाँ पुराना कपडा र आर्थिक रूपले हातेमालो गरि मानवता बलियो बनाउने सम्पुर्ण मानवताप्रेमी सहयोगीप्रति आभार प्रकट गर्नुभयो । सचिव पटेल र सदस्य रामले बैंक स्थापनाको शुरूवातको समयलाइ सम्झिदै वीरगंज कपडा बैंकको अभियानमा साथ सहयोग गर्ने सम्पुर्णलाई आभार ब्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?