Menu

आजको मौसम

मस्तिष्कघातका बिरामीलाई मेयरद्वारा आर्थिक सहयाोग

Author
News Desk | Saturday, August 23, 2025
0
Featured

भदौं, ६ वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले मस्तिष्कघातका बिरामी प्रेमी शंकर रौनियारलाई दश हजार रुपैयाँ नगद सहयोग गरेका छन् । बहुदरमाई नगरपालिका वडा नं. ४ निवासी प्रेमी शंकर रौनियार मस्तिष्कघात रोगले ग्रसित भएका छन् ।

उपचारमा बढी खर्च लाग्ने हुँदा आर्थिक अवस्थामा कमजोर भएका बिरामी रौनियारको उपचारको लागि सहयोग स्वरुप
उनको आफन्तको नाममा खाता रहेको राष्ट्रिय बाणिज्य बैंकमा मेयरले साहले दश हजार रुपैयाँ जम्मा गराएका हुन ।

नगर परिषद् भएपछि नगरपालिबाट पनि सक्दो सहयोग गरिने मेयर साहले बताए । बिरामी भएका रौनियारलाई विभिन्न व्यक्तिले पनि उपचारको लागि सहयोग गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?