Menu

आजको मौसम

रास्वपा पर्सा ३ को सभापतिमा मनोज कुर्मी चयन

Author
News Desk | Thursday, August 21, 2025
0
Featured

वीरगंज, ५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नम्बर ३ का सभापतिमा मनोज कुर्मी चयन भएका छन्। आज वीरगंजको कन्ट्री इन होटलमा रास्वपा पर्सा जिल्ला समितिले आयोजना गरेको निर्वाचन क्षेत्र नम्बर पुनर्गठन तथा पदपूर्ती कार्यक्रममा पोखरिया निवासी मनोज कुर्मी चयन भएका हुन। लामो समय शिक्षण पेसामा रहेका कुर्मीले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा शुरू गरेका थिए। कुर्मीलाई १ वर्ष अघि रास्वपा संगठन बिभागका सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तले एक कार्यक्रममा रास्वपामा प्रवेश गराएका थिए। समितिले उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा अरूण गुप्ता र तीन क्षेत्रीय सदस्य गरी सात सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला सभापति हरि पन्तले क्षेत्रीय समितिहरू पार्टीको मेरूदण्ड भएको हुँदा क्षेत्र बिस्तारले जिल्लामा पार्टी मजबुत हुने बताए। सभापति पन्तले जिल्लाका ३ वटा क्षेत्र गठन भइसकेको र आगामी ७ गते शनिवार ठोरीमा क्षेत्र ४ को क्षेत्रीय भेला मार्फत त्यहाँ पनि क्षेत्र गठन हुने बताए। पर्सा जिल्ला सभापति हरि पन्तको सभापतित्वमा सम्पन्न भेलामा केन्द्रिय सदस्य डा नन्दन यादव, प्रदेश सदस्य सब्बु कंडेल, पुरुषोत्तम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी लगायतको उपस्थिति थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?