Menu

आजको मौसम

सशस्त्र प्रहरी पर्साले ३ लाख बराबर अवैध सामान भन्सार बुझायो

Author
News Desk | Tuesday, August 12, 2025
0
Featured

वीरगंज २६ साउन । वीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको मोबाइल टोलीले ठेलामा लोड गरी ल्याउँदै गरेको भन्सार मूल्य रू. २ लाख ३१ हजार ६०० बराबरको हार्डवेयर सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए । त्यस्तै वीरगंज महानगरपालिका–७, रेल्वे रोड नजिकको गल्लीमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएको भन्सार मूल्य रू. ८३ हजार ५९० बराबरको कपडा र चकलेट सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको गाडीमोबाइल टोलीले बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरूषोत्तम भण्डारीको नेतृत्वमा अवैध तस्करी नियन्त्रण तत्परताका साथ भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?