Menu

आजको मौसम

मारवाडी महिला सम्मेलन रक्सौलद्वारा रक्षाबन्धन कार्यक्रम

Author
News Desk | Sunday, August 10, 2025
0
Featured

वीरगंज २४ श्रावण । मारवाडी महिला सम्मेलन रक्सौल शाखाले रक्सौलको आईसिपीमा रक्षाबन्धन पर्व मनाएको छ । रक्सौल शहरको हरैया स्थित भारत भूमि पत्तन प्राधिकरण रक्सौल ( हवाईअडडा) मा अखिल भारतीय मारवाडी महिला सम्मेलन रक्सौल शाखाले प्रत्येक वर्ष झै यस वर्ष पनि रक्षाबंधन पर्व हर्षाेल्लासको साथ मनाएको हो । अध्यक्ष सोनू काबराको अध्यक्षतामा पदाधिकारी सदस्यजनले आईसीपी प्रबंधक राजीव रंजन कुमार र कार्यालयमा कार्यरत पदाधिकारी एवं एस.एस.बी. जवानहरू, फायर ब्रिगेडका जवानहरूलाई रक्षासूत्र बाँधेर लामो आयुको कामना गरेका छन । मारवाडी सम्मेलन रक्सौलका अध्यक्ष सोनू काबराले अखिल भारतीय मारवाडी महिला सम्मेलन रक्सौल शाखाका पदाधिकारीहरूले प्रतिवर्ष आईसीपीमा रक्षाबंधन उत्सव कार्यक्रम मनाउने मुख्य उद्देश्य यहा कार्यरत कर्मचारी एवं एस. एस .बी. जवानहरू जो भारतका विभिन्न राज्यका विभिन्न जिल्लाबाट यहाँ आएर सेवा प्रदान गरिरहेका छन् । उनीहरूलाई बहिनीको कमी महसुस नहोस र यहाका बासिन्दासँग सामाजिक एकजुटता होस भनि उनीहरूप्रति सम्मान व्यक्त गर्ने एउटा सामाजिक उत्सव एवं अवसर भएको बताए । कार्यक्रममा शाखाका सचिव संगीता अग्रवाल, प्रांतीय बाल विकास प्रमुख वीणा गोयल, उपाध्यक्ष अनुजा अग्रवाल, सहसचिव रचना रूंगटा, सारिका अग्रवाल,मधु अग्रवाल, शिखा रंजन, अनुराधा शर्मा लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?