Menu

आजको मौसम

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

Author
News Desk | Tuesday, July 08, 2025
0
Featured

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको छ ।
असार २४ गते बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा वीरगंज बाट काठमाण्डौ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रक चेकजाँच गर्दा बिलबिजक भन्दा फरक र भन्सार नभएका अबैध भन्सार छलीका रू. १ करोड २५ लाख २४ हजार बराबरको कस्मेटिक, कोकोनट, आल्मोन्ड (बदाम), कपडा, सर्जिकल सामानहरू तथा इलेक्ट्रिक सामान, मोबाइलका पाटपुर्जा, औषधीजन्य सामानहरू सहित कन्टेनर ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिप्रका, बाराले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?