Menu

आजको मौसम

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

Author
News Desk | Monday, June 30, 2025
0
Featured

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मुद्दामा लामो समय देखि फरार रहेका १२ जना प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको छ । असार १५ गते चालु मुद्दाहरूमा लामो समय देखि बारदात पश्चात फरार रहेका १२ जनालाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको जिप्रका, बाराले जनाएको छ । प्रहरीले सन्तलाल दास, कृष्ण प्रभात कुशवाहा, माला औसिदिन अंसारी, दिनानाथ न्यौपाने, पदम कुमारी थापा मगर, अजित राय, पुनदेव प्रसाद यादव, बिष्णु प्रसाद राउत कुर्मी, महन्त राउत अहिर, मोताहिर मियाँ दर्जी, मोसलिम मियाँ धुनिया, अनुठा चौधरीलाई बाराको विभिन्न स्थानबाट पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?