Menu

आजको मौसम

सिम्रौनगढ नगरपालिकाको ६७ करोडभन्दा बढीको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा

Author
News Desk | Monday, June 23, 2025
0
Featured

कलैया, ०८ असार — बाराको सिम्रौनगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँको नीति, कार्यक्रम तथा बजेट आइतबार सार्वजनिक गरेको छ।
नगरपालिकाको १०औं नगरसभाबाट उप–प्रमुख नजमु शेहरले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको जानकारी दिइन्।
उक्त बजेटमा नेपाल सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदानहरू समावेश छन्। संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १३ करोड १० लाख, राजस्व बाँडफाँड ११ करोड ३५ लाख ९८ हजार ५८, सशर्त अनुदानहरू गरी करिब ३४ करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट पनि करिब २ करोड ४१ लाख रुपैयाँ बराबरका अनुदान प्राप्त हुने उल्लेख गरिएको छ।
यस्तै, नगरपालिकाको आन्तरिक श्रोतबाट मालपोत कार्यालयमार्फत ६५ लाख, आन्तरिक राजस्व ३ करोड ९९ लाख ९२ हजार र गैर–सरकारी संघसंस्था तथा दातृ निकायबाट २ करोड रुपैयाँ जुटाउने योजना रहेको छ।
नगर प्रमुख किशोरी साह कलावारको अध्यक्षतामा सम्पन्न नगर सभामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?