Menu

आजको मौसम

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

Author
News Desk | Monday, June 30, 2025
0
Featured

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा, सुझाव तथा जिज्ञासालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यले जगरनाथपुर–३ स्थित गढैया स्कुलको मैदानमा कार्यक्रम भएको हो । जगरनाथपुर गापा कार्यपालिकाको कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानीय सर्वसाधारणहरूले प्रशासन, सुरक्षा, सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न राखेका थिए । जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूले नागरिकका प्रश्नहरूको उत्तर दिएका थिए । गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र, सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाल, नेपाली काङग्रेसका नेता प्रेम बहादुर थापा, उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष बिहारी मुखिया नुनिया, वीरगंज जेसिजका अध्यक्ष सरोज चौरसियालगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र सञ्चालन पत्रकार क्रान्ति साहले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?