Menu

आजको मौसम

बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव अख्तियारको नियन्त्रणमा

Author
News Desk | Friday, June 20, 2025
0
Featured

असार, ६ वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।

आयोगले दिएको जानकारी अनुसार, पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकामा विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गर्दै अवैध रूपमा घुस लिएको आरोपमा श्रीवास्तवलाई पक्राउ गरिएको हो ।

श्रीवास्तव माथि अनुसन्धानका क्रममा सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । आयोगले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिअनुसार यस्ता क्रियाकलापमा संलग्न व्यक्तिमाथि कडाइका साथ कारबाही गरिने चेतावनी पनि दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?