Menu

आजको मौसम

स्रोत नखुलेको १२ लाख नगदसहित दुईजना पक्राउ

Author
News Desk | Tuesday, June 03, 2025
0
Featured

वीरगंज, १९ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको १२ लाख नगदसहित दुईजना पक्राउ गरेको जनाएको छ ।
वीरगंज–२१ परवानीपुर चौकमा आइतवार दिउंसो २ः३० बजे प्रहरी चौकी परवानीपुर पर्सा टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको पल्सर मोटरसाइकलमा सवार जिल्ला पर्सा पकाहामैनपुर गाउँपालिका वडा नं. २ बस्ने वर्ष २५ को सुरेश कुमार बर्णवाल र भारत विहार जिल्ला बेतीया बकुलहर बस्ने वर्ष १९ को सत्यम कुमारलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको जनाएको छ ।
बर्णवालले भिरेको कालो रंगको ब्यागभित्र राखिएको नेपाली रू. १००० दरका नोट ७७१ थान गरी जम्मा रू.सात लाख एकहत्तर हजार र रू.५०० दरका नोट ८५८ थान गरी चार लाख उनन्तीस हजार गरी जम्मा बाह्र लाख फेला परेको जिप्रका, पर्साले जनाएको छ ।
उनीहरू विरूद्द मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोवार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट तीन दिने म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?