Menu

आजको मौसम

इभी सेवा स्मार्ट शहर निर्माणमा महत्वपूर्ण कदम– नगरप्रमुख सिंह

Author
News Desk | Tuesday, May 20, 2025
0
Featured

वीरगंज, ५ जेठ । वीरगंजदेखि पथलैयासम्म चल्ने सुविधासम्पन्न एसीसहितको वातावरणमैत्री इलेक्ट्रिक भ्यान (ईभी) सेवाको वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् । सोमवार वीरगंजमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख सिंहले २१ वटा नयाँ ईभी भ्यानहरूको सेवा उदघाटन गरेका हुन् । नारायणी यातायात कम्पनी प्रालिको वीरगंज–पथलैया रूट व्यवस्थापन उपसमितिको पहलमा शुरू गरिएको २१ वटा इभी भ्यानहरुले वीरगंज–पथलैया जाने यात्रीहरुलाई सेवा दिनुका साथै आधुनिक र वातावरणमैत्री यातायात सेवा पनि रहेको नगरप्रमुख सिंहले बताए । नगरप्रमुख सिंहले यसप्रकारको सेवाले स्मार्ट शहर निर्माणतर्फ महत्वपूर्ण कदम भएको बताए । उनले महानगरपालिकाबाट आवश्यक सहयोग रहने र जनताको सेवामा कुनै किसिमको अवरोध आउन नदिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले छोटो दुरीमा एसीसहितको सार्वजनिक यातायात सेवा शुरू हुनु स्वागतयोग्य भएको बताए । उनले यात्रीहरूको सुविधा र बेरोजगार चालकहरूलाई रोजगारीको अवसर समेत सृजना गर्ने बताए । हीरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका गौतम मिश्र, नारायणी संघका विनोद मानन्धर, वीरगंज–पथलैया रूट व्यवसायी संयोजक वीरेन्द्र पटेल, श्याम उप्रेती, ट्राफिक निरीक्षक लोकराज भट्ट, पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठ, मधेस प्रदेश यातायात प्रमुख निशान्त लामिछाने, अजित सिंह लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?