Menu

आजको मौसम

सशस्त्र प्रहरीद्वारा १३ लाख बढीको अवैध सामान बरामद

Author
News Desk | Friday, May 30, 2025
0
Featured

वीरगंज, १५ जेठ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा अन्तर्गतको टोलीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका १३ लाख बढी मूल्यका सामानहरू बरामद गरेको छ।
प्रहरी प्रवक्ता नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहका अनुसार २०८२ साल जेठ १४ गते वीरगंज महानगरपालिका–१० स्थित जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा छापा मार्दा रु. १३,०३,६०० बराबरको कपडा, चिनी, मरिच र चकलेट जस्ता सामग्री अवैध रूपमा गोदाममा राखिएको पाइयो।
उक्त कारबाही सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले गरेको थियो। बरामद गरिएका सम्पूर्ण सामग्रीहरू वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?