Menu

आजको मौसम

मोटरसाइकल चोरीको अभियोगमा तीनजना पक्राउ

Author
News Desk | Wednesday, May 28, 2025
0
Featured

वीरगंज, १३ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको जनाएको छ । जेठ ८ गते राति ११ः०० बजेको समयमा बिहेको जन्ती गएको अवस्थामा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं.९ बाट वीरगंज महानगरपालिका वडा नं.२१ ताजपुर बस्ने वर्ष ५४ को राजदेव महतोको नाममा दर्ता रहेको ना.५४ प ३८७७ नम्बरको मोटरसाइकलको चोरी भएको थियो । इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा खोजतलास लागि महतोले निवेदन दिएपछि उक्त मोटरसाइकल जेठ १० गते जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं.४ स्थित सडकखण्डबाट बेवारिसे अवस्थामा फेला परेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै जाँदै तीनजना युवकले चोरी गरी लगेको खुल्न आएपछि जिल्ला पर्सा पोखरिया न.पा.वडा नं.४ बस्ने वर्ष १९ को रितिक गिरी, वर्ष २१ को राम बिश्वास कुमार राम, वर्ष १९ को कृष्ण महतो नुनियालाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेकाहरू विरूद्ध इलाका प्रहरी कार्यालय पोखरियामा चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?