Menu

आजको मौसम

वीरगञ्ज महानगरपालिका वडा नं. ११ र १३ को सिमाना क्षेत्रमा पर्ने नाला व्यवस्थापन कार्य सुरु हुने, मेयर सिंहद्वारा अनुगमन

Author
News Desk | Tuesday, May 27, 2025
0
Featured

पर्सा – वीरगञ्ज महानगरपालिका वडा नं. ११ र १३ को सीमामा रहेको ठूलो नालाको व्यवस्थापनका लागि महानगरका मेयर राजेशमान सिंहले आज मिति २०८२ जेठ १३ गते बिहान ८:३० बजे स्थलगत अनुगमन गर्नुभएको छ।
स्थानीयवासीले लामो समयदेखि उठाउँदै आएको जलनिकासी समस्याको समाधान गर्न नाला व्यवस्थापन कार्य जेठ १४ गतेदेखि सुरु गरिने मेयर सिंहले जानकारी दिनुभयो। अनुगमनमा वडा नं. १३ का अध्यक्ष हिरा गिरि, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वरिष्ठ पत्रकार जगदीश शर्मा, त्रिमूर्ति विकास समिति पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका सचिव दिलीप प्रधान, तथा सामुदायिक प्रहरीका प्रमुख सहायक सोनलाल साहको सहभागिता रहेको थियो।
नालाको अतिक्रमण, फोहोर तथा अनियमित प्रवाहका कारण वर्षायाममा पानी जम्ने, स्वास्थ्य समस्या र बाढीको जोखिम बढ्दै गएकाले यसलाई व्यवस्थित गर्न निर्णय गरिएको हो।
मेयर सिंहले सबै सरोकारवाला पक्षहरूलाई समन्वयमा रही समयमै काम सम्पन्न गर्न निर्देशन दिनुहुँदै, स्थानीय तहको सक्रिय सहभागिताले मात्र समस्या समाधान सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?