Menu

आजको मौसम

माडवारी प्रिमियम लिग २०२५ क्रिकेट प्रतियोगिता शनिवारदेखि शुरु हुँदै

Author
News Desk | Saturday, May 17, 2025
0
Featured

वीरगंज, २ जेठ । माडवारी प्रिमियम लिग (एमपीएल) २०२५ क्रिकेट प्रतियोगिता शनिवारदेखि वीरगंजको आदर्शनगर रंगशालामा शुरू हुने भएको छ। स्व. सुशील कुमार खेतानको स्मृतिमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा हुने सो प्रतियोगिताको तयारी पूरा भएको सञ्चालक समितिले जनाएको छ । सहभागी १० टोलीका कप्तानहरूले शुक्रवार वीरगंजका विभिन्न स्थानहरूमा शिल्डसहित प्रचार प्रसार गरेको थियो । शनिवार दिउँसो ४ बजे उदघाटन खेल हुने र यसपटक एमपीएल प्रतियोगिता डे–नाइट खेल प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता संयोजक प्रकाश खेतानले सम्पूर्ण खेल प्रतिस्पर्धात्मक, मर्यादित र उच्चस्तरीय हुने र अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्ने टोली, खेलाडी तथा विशेष योगदान दिने प्रतिभाहरूलाई पुरस्कार र सम्मान प्रदान गरिने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?