Menu

आजको मौसम

आठ राजनैतिक दलले मनाए संयुक्तरूपमा गणतन्त्र दिवस

Author
News Desk | Friday, May 30, 2025
0
Featured

वीरगंज, १५ जेठ । पर्सा जिल्लाका आठ राजनैतिक दलले संयुक्तरूपमा १८औ गणतन्त्र दिवसको अवसरमा माईस्थानमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाली काग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सरकारका मन्त्री जनार्दन सिंह क्षेत्री, नेकपा एमाले पर्साका कावा अध्यक्ष मनोजकुमार गुप्ता, माओवादी केन्द्र पर्साका निवर्तमान अध्यक्ष रामदरश कुशवाह, राष्ट्रीय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्त, जसपा नेपाल पर्साका अध्यक्ष राम नरेश यादव, जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सरार्पm, नेकपा एस पर्साका अध्यक्ष बाल गोपाल थापा र जसपा पर्साका अध्यक्ष सिघासन साह तेलीले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले गणतन्त्रको विकल्प नभएकोले कमी कमजोरी हटाएर गणतन्त्र को संस्थागत विकास गर्नु पर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण नेकपा एमाले पर्साका सचिव महेश दासले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?