Menu

आजको मौसम

पर्साका सबै अधुरा खानेपानी आयोजना साउनदेखि सञ्चालनमा आउने : मन्त्री प्रदीप यादव

Author
News Desk | Sunday, May 25, 2025
0
Featured

जेठ, ११ वीरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लाका सबै अधुरा खानेपानी आयोजना साउन महिनादेखि सञ्चालनमा ल्याइने बताएका छन् ।

शुक्रबार पर्सागढी नगरपालिका–९ स्थित नव निर्मित वडा कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै मन्त्री यादवले यस्तो जानकारी दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री यादवले सो वडामा ढलसहितको नाला निर्माण कार्य पनि गरिने बताए। उक्त योजना कार्यान्वयनका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेको जानकारी मन्त्री यादवले दिए।

उनले पर्सा जिल्लामा विभिन्न स्थानमा खानेपानी टंकीहरू निर्माण भए पनि अहिलेसम्म सञ्चालनमा नआएको बताउँदै, अब ती टंकीमार्फत शुद्ध पानीसहितको खानेपानी सेवा उपलब्ध गराउने योजना रहेको बताए ।

उनले स्थानीय स्तरमा आधारभूत सेवा प्रवाह प्रभावकारी बनाउन सरकार गम्भीर रहेको र जनताको जीवनस्तर उकास्न यस्ता योजनाहरू आवश्यक रहेको पनि बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?