Menu

आजको मौसम

अपांगलाई कृत्रिम खुट्टा वितरण

Author
News Desk | Tuesday, May 20, 2025
0
Featured

वीरगंज, ५ जेठ । बारा जिल्ला निवासी बक्शिश मियाँ अंसारीलाई रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरले आज कृत्रिम खुट्टा प्रदान गरेको छ। रोटरी क्लब वीरगंजका अध्यक्ष निर्मल खत्रीले अपांगता भएका नागरिकहरूलाई नयाँ जीवन दिन कृत्रिम खुट्टा प्रदान गरेको बताए । रोटरी क्लब वीरगंजद्वारा सञ्चालित कृत्रिम खुट्टा वितरण अभियानमा हालसम्म सयौं व्यक्तिहरू लाभान्वित भइसकेको अध्यक्ष खत्रीले बताए । एकवटा अप्राकृतिक खुट्टा प्रत्यारोपणमा करिब १६ हजार खर्च हुने भए पनि रोटरी क्लब वीरगंजको पहलमा प्रयासले अपांगता भएका व्यक्तिहरूले निःशुल्क खुट्टा पाउँदा उनीहरुको जीवनमा आशाको ज्योति बाल्ने कार्य भएको कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रममा समाजसेवी हरि नारायण काबरा ‘अन्नपूर्ण काबरा’ले रोटरी क्लबलाई एक लाख रुपियाँ आर्थिक सहयोग पनि प्रदान गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?