Menu

आजको मौसम

माडवारी प्रिमियम लिग–२०२५ शुरु

Author
News Desk | Sunday, May 18, 2025
0
Featured

वीरगंज, ३ जेठ । मारवाडी प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिताको शनिवार वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उदघाटन गरेका छन् । स्व. सुशील कुमार खेतानको स्मृतिमा मारवाडी युवा मञ्चको सहकार्यमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरले आयोजना गरेको डे–नाइट क्रिकेट प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन । प्रतियोगिता संयोजक प्रकाश खेतानले उदघाटन खेल ट्रिगेरेड आउट र दि न्युट्रिप्लास्ट फाइटरबीच भएको बताए । कुल १० टिमको सहभागीता रहेको यस प्रतियोगितामा दैनिक दुर्ई खेल हुने उनले बताए । पहिलो खेल दिउँसो ५ बजेदेखि ७ बजेसम्म तथा दोस्रो खेल ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जानकारी गराए । उदघाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक लोकराज भट्ट, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?