Menu

आजको मौसम

बसबाट बेवारिसे अवस्थामा ६ किलो चाँदीको गहना बरामद

Author
News Desk | Thursday, April 24, 2025
0
Featured

वीरगंज, १० बैशाख । जिल्ला प्रहरी कार्यालय, बाराले ६ किलो चाँदीको गहना बरामद गरेको छ । बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.– १ पथलैया चोकमा बागमती प्रदेशको ३२५६ नम्बरको बसको क्याभिनभित्र सिटमुनि टेपले बेरेर राखिएको कार्टुन प्रहरीले खोलेर हेर्दा विभिन्न किसिमका चाँदीको रेडिमेड गहना फेला परेको बारा प्रहरीले जनाएको छ । प्रहरी चौकी पथलैयाबाट प्र.स.नि अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको उक्त बसबाट १० लाख ८० हजार मूल्य बराबरको गहना बरामद भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको जिप्रका, बाराले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?