Menu

आजको मौसम

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

Author
News Desk | Wednesday, April 23, 2025
0
Featured

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।
विरगंजको घण्टाघरस्थित क्लासिक होटलमा मतगणना गरेर मंगलबार राती सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद प्रभु हजरा पक्षका प्रतिस्पर्धी सुन्दर कुर्मीलाई ५५ मतान्तरले पछि पार्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं संघीय मामिला मन्त्री राजकुमार गुप्ता पक्षका शर्मा निर्वाचित भएका हुन् । उनले १ सय ५१ मत पाउँदा कुर्मीले ९६ मत पाए।
एमाले महानगर कमिटीको पदाधिकारीमा शर्मा समूहको प्यानल नै विजयी भएको छ। उपाध्यक्षमा रामकिशोर सिंह (पराग), सचिवमा लियाकत अलि , उपसचिवमा जय नारायण सिंह कुर्मी, महिला उपसचिवमा विमला श्रीवास्तव निर्वाचित भए । एमाले बिरगंजको दोस्रो अधिवेशन ब्रहमचौक नजिक ओम पार्टी प्यालेसमा चैत्र ३० गतेबाट सुरु भएको थियो।
३१ गते निर्वाचन हुने भनिए पनि वीरगन्जमा नोमिनेशनकै दिन कफ्र्यू लागेपछि निर्वाचन स्थनगन गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वका लागि २ समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।अधिवेशनका लागि २ सय ५६ जना प्रतिनिधि थिए । मंगलबार मतदान सकिँदा २ सय ४८ मत खसेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?