Menu

आजको मौसम

शिक्षामन्त्रीमा पन्त नियुक्त

Author
News Desk | Thursday, April 24, 2025
0
Featured

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिनुभएपछि पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्पबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँको पद तथा गोपनीयताको सपथ बिहीवार हुने बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?