Menu

आजको मौसम

वडाध्यक्ष चौरसियाद्वारा छात्रावास भवनको शिलान्यास

Author
News Desk | Wednesday, April 30, 2025
0
Featured

वीरगंज, १६ बैशाख । वीरगंज महानगरपालिका–५ का वडाध्यक्ष प्रदीपकुमार चौरसियाले कुम्हालटोलमा चार कोठे आदर्श थारू छात्रावासको शिलान्यास गरेका छन् । वडाअध्यक्ष चौरसियाको पहलमा मधेश प्रदेश सरकारको ४५ लाखको लागतमा भवन निर्माण कार्यको थालनी गरिएको शिलान्यास कार्यक्रममा वडाअध्यक्ष चौरसियाले बताए । उनले भवन निर्माण भएसँगै छात्राबासमा बस्नेहरूलाई सहज हुने बताए । आगामी वर्षमा थप बजेटको पहल गरी अझै व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष सुवोध कुमार वर्णवाल, वडा सदस्यहरू रूस्तम अली, मनोज साह, सञ्जु दहाल, मञ्जु परियार, मोती जी, नविन न्यौपाने, आदर्श थारू छात्राबासका कोषाध्यक्ष हृदयनारायण चौधरी, सदस्य जयनारायण चौधरीलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?