Menu

आजको मौसम

फेसबुकमा भिडियो पोष्ट गरेर युवकद्वारा आत्महत्या

Author
News Desk | Tuesday, April 22, 2025
0
Featured

वीरगंज, ८ वैशाख / बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन निवासी श्याम प्रसाद महत्तोको छोरा २२ वर्षीय छोरा नितेश कुमार महत्तोले आत्महत्या गरेका हुन । आत्महत्या गर्नु अघि उनले भिडियो बनाएर आफ्नो फेसबुकमा सोमवार बिहान ३ बजेको समयमा पोष्ट गरेका थिए । उनले सार्वजनिक गरेको भिडियोमा आफुलाई केहि ब्यक्तिले मानसिक यातना दिएका कारण आत्महत्या गर्नु परेको बताएका छन। यसबारेमा जिल्ला प्रहरी कार्यालय बारा प्रबक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटना वारे थप अनुसन्धान भैरहेको बताएका छन। उनले भने, “भिडियोमा हामीले पनि त्यहि देखेको छौ । यस विषयमा थप अनुसन्धान हुदै छ । अनुसन्धान पछि मात्रै केही भन्न सकिन्छ। घटना आजैको हो। “

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?