Menu

आजको मौसम

धार्मिक सद्भावमा खलल नपुर्याउन राजनीतिक दलहरूको अपिल

Author
News Desk | Thursday, April 17, 2025
0
Featured

वीरगंज, ३ वैशाख । पर्साका राजनीतिक दलहरूले वीरगंजमा कुनै पनि पक्षलाई धार्मिक र सामाजिक सदभावमा खलल नपुर्याउन अपिल गरेको छ । बुधवार नेपाली कांग्रेसको पार्टी कार्यालय, वीरगंजमा बसेको सर्वदलीय बैठकले प्रेस बिज्ञप्ती जारी गर्दै सो अपिल गरेको हो । बैठकमा पर्सा जिल्लाको पछिल्लो समय विकसित सम्पूर्ण घटनाक्रमको बिषयमा गहनरूपमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले बताए । पन्तले बैठकमा दलहरूले आआफ्ना भातृ संगठनहरूलाई सामाजिक र धार्मिक सदभाव खलबलिने अभिव्यक्ति नदिन पनि सजग गराउने भद्र सहमति भएको बताए । बैठकमा नेपाली कांग्रेसका कावा सभापति रामनारायण कुर्मी, एमाले अध्यक्ष डा विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति हरि पन्त जसपा अध्यक्ष राम नरेश यादब, तबरेज आलम, वीमनपाका उपमेयर इम्तियाज आलम, जनमतका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ लगायतले बिचार राखेका थिए । निरन्तर सर्वदलीय बैठक मार्फत जिल्लाका समस्या समाधानमा अघि बढ्ने सहमती भएको पन्तले जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?