Menu

आजको मौसम

नेपाल पुलिस क्लबले उचाल्यो वीरगंज गोल्डकपको उपाधि

Author
News Desk | Sunday, March 09, 2025
0
Featured

वीरगंज, २४ फागुन । नेपाल पुलिस क्लबले दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । वीरगंज आदर्शनगर रंगशालामा सम्पन्न मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यस गोल्डकपमा मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले उपाधि उचालेको हो ।
निर्धारित समयसम्म दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेलेका थिए तर टाइब्रेकरको पेनाल्टी सुटआउटमा मछिन्द्र क्लबका खेलाडीले लगातार तीन पेनाल्टी गुमाएपछि पुलिस क्लबले सहज जित दर्ता गर्याे ।
विजेता बनेको नेपाल पुलिस क्लबले ११ लाख ११ हजार एक सय एघार रुपियाँँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्र क्लबले ५ लाख ५५ हजार पाँच सय ५५ रुपियाँँ नगद र ट्रफी प्राप्त गरेको छ ।
विजेता टोलीलाई पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रतियोगिताका मुख्य प्रायोजक वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले संयुक्त रूपमा ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । उपविजेता टोलीलाई पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले ट्रफी तथा नगद पुरस्कार प्रदान गरे।
उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका राम वागे, जसले स्कुटी प्राप्त गरे। उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबका अमित टमाटा, जसलाई २० हजार रुपियाँँ नगद दिइयो।उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका चेतन घिमिरे, जसलाई पनि २० हजार रुपियाँँ नगद प्रदान गरियो। म्यान अफ द म्याच – मछिनद्र क्लबका समिर राज ठोकर घोषित भए ।
प्रतियोगिताका संयोजक सुवोध श्रीवास्तवको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?