Menu

आजको मौसम

वीरगंज गोल्डकपः मछिन्द्र फाइनलमा

Author
News Desk | Friday, March 07, 2025
0
Featured

वीरगंज, २२ फागुन । दोस्रो वीरगंज गोल्डकपको फाइनलमा मछिन्द्र फुटबल क्लब काठमाडौं प्रवेश गरेको छ ।
आर्दशनगर खेलमैदानमा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सहलेस फुटबल क्लब सिरहालाई ३–१ को अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।
मछिन्द्रले १०औं मिनेट, १३औं र ६५औं मिनेटमा तेस्रो गोल गर्दै मछिन्द्रलाई बलियो स्थितिमा पु¥याए । खेलभर संघर्षरत देखिएको सहलेसले एक मात्र गोल गर्न सकेको थियो ।
अब मछिन्द्र फुटबल क्लबले फाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबसँग उपाधि भिडन्त गर्नेछ। शनिवार हुने यस महŒवपूर्ण खेलमा दुवै टिम उपाधिका लागि पूरा तयारीका साथ मैदानमा उत्रने छन।
खेलमा दुर्ई गोल गर्दै निर्णायक भूमिका खेलेका मछिनद्रका स्टेफन जाली म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपियाँँ र ट्रफी प्राप्त गरे । शनिवार फाइनल खेल हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?