Menu

आजको मौसम

पर्साको नेपाल राष्ट्रिय माविका ३ दर्जन बढी विद्यार्थी बेहोस, पोखरिया अस्पतालमा उपचार हुँदै

Author
News Desk | Monday, March 03, 2025
0
Featured

फागुन, १९ वीरगंज । पर्साको कालिकामाई गाउँपालिका स्थित एक विद्यालयमा ३ दर्जन बढी विद्यार्थी बेहोस भएका छन् । किालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवाका विद्यार्थीहरू सोमबार अचानक बेहोस भएका हुन् ।

पठनपाठनका लागि कक्षाकोठामा जाने समयमा एकपछि अर्को गरि विद्यार्थीहरू अचानक बेहोस भएपछि विद्यालयका शिक्षक अभिभावकहरू आत्तिएका थिए । बेहोस हुने विद्यार्थीहरूको संख्या तीनदर्जन भन्दा बढी रहेको विद्यालयले जनाएको छ । बेहोस भएका विद्यार्थीलाई शिक्षक, कर्मचारी तथा स्थानीय अभिभावकहरूले तत्काल पोखरिया अस्पताल पुर्याएका हुन् ।

विद्यालयका शिक्षकका अनुसार विद्यार्थीहरूले अचानक टाउको दुख्ने, कमजोरी महसुस भएको बताएको केही समयपछि एकाएक बेहोस भएर भुइँमा ढल्न थालेका थिए ।

बिहानीको समयमा खेलमैदानमा प्रार्थना गरेर कक्षाकोठामा जान लाग्दा उनीहरु बेहोस भएको इलका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । बेहोस हुनेमा कक्षा ५ देखी कक्षा ९ सम्मका विद्यार्थीहरू रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?