Menu

आजको मौसम

अपाङ्गहरुलाई १४ थान हिवलचेयर सहयोग

Author
News Desk | Tuesday, March 11, 2025
0
Featured

वीरगंज, २६ फागुन । केडिया आँखा अस्पताल परवानीपुरले ५०औ वार्षिकोत्सवको अवसरमा बारा जिल्लाको विभिन्न पालिकामा रहेका १४ जना अपाङ्ग व्यक्तिहरूलाई १४ वटा हिवलचेयर र एक थान स्ट्रेचर घरमा पुगेर प्रदान गरेको छ ।
कलैया उमनपा का ३ जना, महागढीमाई नपाको २ जना, सिम्रौनगढ नपाको १ जना र आदर्श कोतवाल गापाको ८ जनालाई हिवल चेयर र आदर्श कोतवाल गापा निवासी अपाङ्ग महासंघ सदस्य सुनिल कुमार यादवलाई स्ट्रेचर प्रदान गरिएको थियो ।
सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा शारीरिक अपाङ्गता भएको व्यक्तिहरूको घरघरमा पुगेर हिवलचेयर उपलब्ध गराइएको बताइन्छ । केडिया आँखा अस्पतालको प्रतिनिधि भरत ठाकुर, सुशील पटेल, सामाजिक अभियन्ता प्रकाश थारू, अपांग महासंघका सदस्य सुनिलकुमार यादव, प्रहरी नायब निरीक्षक तुलसी पोख्रेल, वडाध्यक्ष जवाहीर, मिथिला सारथि समाजको कोषाध्यक्ष जितेन्द्र पटेललगायतको उपस्थितिमा ह्विल चेयर तथा स्ट्रेचर हस्तान्तरण गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?